बजार राताम्य हुँदा समेत यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२३ मंसिर २०८१, आईतवार १५:१०
काठमाडौँ । लगातार तेस्रो दिन समेत शेयर बजारमा भारि गिरावट देखिएको छ । बजार निरन्तर घट्दा अधिकांश कम्पनीको शेयर मूल्य सस्तो बन्दै गएको हो ।
आइतबार बजारमा ठुलो गिरावट देखिएपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९३ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । आज ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।
बजार घट्दा समेत खानीखोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, दोल्ती पावरको ८.७७ प्रतिशत, केबिएल डिबेञ्चर २०९० को ८.१४ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.८९ प्रतिशत र मैलुङ हाइड्रोपावरको शेयर मूल्य ६.५० प्रतिशतले बढेको छ ।
हेर्नुहोस् कुनको कति बढ्यो ?