एनआरएन इन्फ्रास्टक्चर र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
२३ मंसिर २०८१, आईतवार १५:०५
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४५.९३ अंकले बढेर २६८९ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि एनआरएन इन्फ्रास्टक्चरको सकैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको १११४ रुपैयाँका दरले ३२ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, आज नेपाल फाइनान्सको १५ करोड ६८ लाख रुपैयाँ, रिभर फल्स पावरको १५ करोड ६५ लाख रुपैयाँ, खानीखोला हाइड्रोपावरको १३ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।