सूचीकृत १४ हाइड्रोपावरको लाभांश घोषणा, कुनले कति दिदैछन् ?

२३ मंसिर २०८१, आईतवार १२:३८

काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । विभिन्न क्षेत्रका कम्पनीहरुले वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ ।

यसैक्रममा हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत १४ हाइड्रोपावर कम्पनीहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आवको वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई प्रतिफल घाषणा गरेका हुन् ।

लाभांश घोषणा गरेका हाइड्रोपावर कम्पनीहरुमध्ये गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा माउन्टेन इनर्जी नेपाल रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, रुरु जलविद्युतले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश गरि कुल १५.७८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । ३ कम्पनी बाहेक अरु सबै कम्पनीको साधारण सभाको मिति तय भइसकेको छ ।

भगवती हाइड्रोपावरले ४ प्रतिशत बोनश र १०.७३ नगदसहित १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ । साथै, माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश, कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनश शेयर बितरण गर्ने भएको छ ।

यस अवधिसम्ममा साहश उर्जाले ८ प्रतिशत बोनश र ०.४२ नगदसहित ८.४२ प्रतिशत, बिन्द्याबासीनी हाइड्रोपावरको ८ प्रतिशत बोनश, अपी पावरको ५ प्रतिशत बोनश र ०.२६ नगदसहित ५.२६ प्रतिशत, सुपरमादी हाइड्रोपावर, सगरमाथा जलविद्युत र मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनश र ०.२६ प्रतिशत नगदसहित ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरले ३ प्रतिशत बोनश र ०.१६ प्रतिशत नगदसहित ३.१६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*