सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । चाबहिल क्षेत्रका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर गुनराज श्रेष्ठले आाम नागरिकहरुलाई जीवन बीमा पोलिसीहरु बिक्री गर्ने कलाबारे अभिकर्ताहरुलाई प्रशिक्षित गरेका छन् । साथै उनले उत्कृष्ट कार्य सम्पादन गरिरहेका अभिकर्ताहरुलाई सम्मान समेत गरेका छन् ।
त्यस्तै, चिफ बिजनेश अफिसर सूर्य प्रकाश गुप्ताले अभिकर्ताहरुलाई आवश्यक पर्ने न्यूनतम् कुराबारे जानकारी गरेका छन् । उनले अभिकर्ताहरुलाई उत्कृष्ट कार्यसम्पादन गर्न प्रोत्साहन गर्नुका साथै बीमा पोलिसी तथा पोलिसी राइडरबारे समेत जानकारी गराएका छन् ।
उक्त कार्यक्रमले आगामी दिनमा बीमा व्यवसाय गर्न थप हौसला मिलेका उपस्थित अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।कार्यक्रममा चिफ बिजनेश अफिसर गुनराज श्रेष्ठ, सूर्य प्रकाश गुप्ता र चाबहिल रिजनका २ सय अभिकर्ताहरुको सहभागीता रहेको थियो ।