सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
२१ मंसिर २०८१, शुक्रबार १७:०४
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । शुक्रबार कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले म्यानेजर पदमा ५ जना, एसिस्टेन्ट म्यानेजरमा १० जना, सिनियर अफिसर र एसिस्टेन्टमा केही संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइट मार्फत आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्नेछन् ।