मकर जितुमाया सुरी हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले १६ औं वार्षिक साधारणसभा पुस २१ गते बोलाएको छ। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित सूर्य इभेन्टमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ।
सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।