नाजुक कम्पनीको पुँजी बजारमा रजगज, माफिया खेल्दा आँखा चिम्लिएर लगानी गर्दै लगानीकर्ता
काठमाडौँ । नेपालको पुँजी बजारमा पछिल्ला दिनमा डुब्नै लागेको अवस्था भएका कम्पनीहरूको शेयर मूल्यमा निरन्तर उछाल देखिनु नौटङ्कीको खेलजस्तै भएको छ । कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूले दिनानुदिन सकारात्मक सर्किटमार्फत मूल्य उचालिरहेका छन्, जसले बजारमा नयाँ लगानीकर्ताको आकर्षण तानिरहेको छ । प्रायः कम पुँजी भएका कम्पनीहरुको वित्तीय अवस्था जतिसुकै नाजूक भए पनि मूल्य दिनानुदिन सकारात्मक सर्किटमा कारोबार हुने गरेको छ । सीमित व्यक्ति वा समूहले उचालेका यस्ता शेयरमा आम लगानीकर्ताले पनि पर्याप्त ज्ञानबिनै बढ्दो बजारमा जति पनि मूल्य तिरिरहेको देखिन्छ । केहि समूह अर्थात् माफियाले उचालिरहेको शेयरमा नवप्रवेश लगानीकर्ताले लहलहैंमा बालुवा पानी खनाए झै लगानी खनाइ रहेका हुन् । तर, जुन दिन ठुला लगानीकर्ता सोझा तथा प्रायप्त ज्ञान नभएको लगानीकर्ता शेयर भिडाएर हिड्छन् त्यो दिन ति लगानीकर्ता भन्छन् शेयर बजारलाई जुवा घर । माफियाको लहलहैमा लागेर रातारात धनी बन्ने सोच राखेका केहि लगानीकर्ताले फसेपछि शेयर बजारलाई जुवाघर भन्दै प्रचार प्रसारण गरेको पाइन्छ । चलखेलको भुमरीमा परेका लगानीकर्ताले लोभमा किनेका शेयर बोकेर वर्षौ बस्नुपर्ने बाध्यता आउने गरेको छ । वित्तीय अवस्था नाजुक कम्पनीको शेयर बोकेर हिड्दा जुनसुकै बेला पनि डुब्न सक्ने अवस्था सिर्जना हुने गरेको छ । वित्तीय सूचकमा अब्बल कम्पनीहरुको शेयर मूल्य निरन्तर घट्दा नाजुक कम्पनीको शेयर मूल्य बढेको छ । राम्रा र फन्डामेन्टल कम्पनीतिर रुचि तथा ध्यान देखिदैन । … Continue reading नाजुक कम्पनीको पुँजी बजारमा रजगज, माफिया खेल्दा आँखा चिम्लिएर लगानी गर्दै लगानीकर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed