विजय लघुवित्तले एफपीओ निष्कासनको माग राख्दै बोर्डमा दियो निवेदन

२१ मंसिर २०८१, शुक्रबार १०:०३

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति राख्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि अनुमति मागेको हो।

कम्पनीको १५औं वार्षिक साधारणसभाले एफपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो। कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*