सेन्चुरी इनर्जीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, बोर्डमा दियो निवेदन
काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्य समेत थपेर आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १७५ रुपैयाँ ११ पैसा थपेर प्रतिकित्ता १७५ रुपैयाँ ११ पैसाका दरले ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले उक्त मूल्यमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा मङ्सिर १४ गते निवेदन दिएको हो।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा उल्लिखित मूल्यमा आईपीओ जारी गर्ने कम्पनीले बताएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ।