मेटलाइफ नेपालद्वारा २३औं वार्षिकोत्सवमा ‘माइ एजेन्सी एप’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । मेटलाइफ नेपालले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा ‘माइ एजेन्सी एप’ सार्वजनिक गरेको छ । सो एपले अभिकर्ताहरुको कामलाई सजिलो, छरितो र प्रभावकारी बनाउन नयाँ डिजिटल अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
नयाँ एप सार्वजनिक भएसँगै लिड्स व्यवस्थापन अब झन् सरल हुँदै, विभिन्न स्रोतबाट आएका लिड्स स्वतः एजेन्टहरूसम्म पुग्ने भएका छन् । साथै, नयाँ लिड्सको जानकारी तत्काल एसएमएसमार्फत पाउने भएकाले एजेन्टहरू सदैव अपडेट रहनेछन् ।
एपले लिड्सको स्थिति ट्र्याक गर्ने, कनभर्टेड पॉलिसीको विवरण हेर्ने र ग्राहक विवरणको पहुँच सजिलो बनाएको छ। कामको तालिका व्यवस्थापन गर्न क्यालेन्डर फिचर उपयोगी छ, जसले अपोइन्टमेन्ट र फोलोअप ट्र्याक गर्न मद्दत पु¥याउँछ।
मासिक, स्थान, र लिड्स स्रोतको आधारमा तयार हुने रिपोर्टहरूले प्रदर्शन बुझ्न थप सहयोग पु¥याउँछन । साथै, एजेन्टहरूका लागि रियल टाइम रिपोर्ट सुविधा थपिएका छन्।
यस एपले ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन र एजेन्टहरूको कार्यदक्षता सुधार्न महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । मेटलाइफ नेपालको यो प्रयासले आधुनिक डिजिटल उपकरणमार्फत एजेन्सी अनुभवलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार एपले एजेन्टहरूलाई लिड्स व्यवस्थापनदेखि ग्राहक अन्तरक्रियासम्मका कामलाई छिटो र सहज बनाउन डिजाइन गरिएको छ भने टिम व्यवस्थापन र कार्य योजनामा सहयोग पु¥याउने फिचरहरूले सामूहिक कामलाई अझ व्यवस्थित बनाउनेछ ।