दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
२० मंसिर २०८१, बिहीबार १५:१४
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज ४० कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । जसमा खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, मानुषी लघुवित्त, एलआइसीएन लगायतका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।