नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको छ।
कार्यक्रममा कर्णाली प्रदेशबाट लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका सीईओले मायाको चिनो प्रदान गर्दै अर्लि क्वालिफायर र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्ने अभिकर्ताहरुलाई विशेष सम्मान गरेका थिए।
यस स्किम अन्तर्गत प्रदेशस्तरीय कार्यक्रमहरूमार्फत मधेश, गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको र हाल कर्णाली प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ। आगामी दिनमा सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई पनि सम्मान गरिने कम्पनीले जनाएको छ।
कार्यक्रममा सीईओले कम्पनीका समयसापेक्ष योजनाहरू प्रस्तुत गर्दै, ‘मिट द सिइओ’ स्किमबाट नेपालभर ३०० भन्दा बढी अभिकर्ता छनोट भएको जानकारी दिए। सहभागी अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतसँग बीमा व्यवसायमा भोगेका समस्याहरू र गुनासाबारे छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।
यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनुपर्ने सुझाव दिएका थिए ।