सन नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय स्थिरता र व्यवसायिक सफलताः जीवन बीमा क्षेत्रको उदीयमान संस्था
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केयर रेटिङ नेपाल लिमिटेडले जारीकर्ता रेटिङ केयर–एनपी ट्रिपल बी (आइस) पुनः पुष्टि गरेको छ । यस रेटिङले कम्पनीका वित्तीय दायित्वहरूको समयमा सेवा गर्न मध्यम स्तरको सुरक्षाको सूचक दिन्छ र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्छ ।
इन्स्योरेन्स नेपालका अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो, जसले छोटो समयमै उल्लेखनीय प्रगति हासिल गरेको छ । वित्तीय स्थिरता, अनुभवी नेतृत्व र बजारमा विस्तारको दृष्टिकोणका कारण यो कम्पनी जीवन बीमा क्षेत्रमा उल्लेखनीय रूपमा अगाडि बढिरहेको छ ।
कम्पनीको नेतृत्व अनुभवी र योग्य बोर्ड तथा व्यवस्थापन समूहले गरिरहेको छ । अध्यक्ष अन्जु केयालको नेतृत्वमा यो कम्पनी सशक्त बनेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालको १७ वर्षभन्दा बढीको बीमा क्षेत्रको अनुभवले कम्पनीलाई निरन्तर सुधार र नवाचारतर्फ उन्मुख गराएको छ । अर्यालले बीमा बोर्डमा डिपुटी डाइरेक्टर र कानुनी विभाग प्रमुखको रूपमा काम गर्दै आएको अनुभवसँगै बीमा व्यवस्थापनको गहन ज्ञान प्रदान गरिरहेका छन् ।
आर्थिक वृद्धिको प्रभावशाली प्रदर्शन
सन नेपाल लाइफको वित्तीय प्रदर्शन हालका वर्षहरूमा लगातार सुधार भइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल बीमा शुल्क आम्दानी लगभग ४ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ८८ करोड ५० लाख रुपैयाँ पुगेको छ। यो वृद्धिको मुख्य कारण नवीकरण बीमा शुल्कमा वृद्धि र नयाँ बीमा पोलिसीहरूको सफल परिचालन हो। कम्पनीले सन् २०२४ मा बीमा शुल्कको ८९ प्रतिशत हिस्सा आफूमा राख्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले वृद्धि हो ।
लगानीबाट उच्च आम्दानी
सन नेपाल लाइफले आफ्नो लगानी पोर्टफोलियोलाई प्रभावकारी रूपमा व्यवस्थापन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ११ अर्ब ६० करोड ४० लाख लगानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो । यसबाट ८४ करोड ७० लाख आम्दानी प्राप्त भएको छ, जसले कम्पनीको आय वृद्धि र आर्थिक सुदृढतामा थप योगदान पु-याएको छ ।
कम्पनीले आफ्नो भौगोलिक पहुँचलाई ७ वटै प्रदेशमा फैलाएको छ । कम्पनीसँग हाल ३० शाखा कार्यालयहरू र ११२ उप–शाखाहरू छन् । ३८ हजार ३९३ बीमा एजेन्टहरूसँग सहकार्य गर्दै, कम्पनीले ग्राहकहरूसम्म प्रभावकारी रूपमा सेवा पु¥याइरहेको छ । शाखा सञ्जालको विस्तारले बजारमा ब्रान्ड सुदृढीकरण र ग्राहकहरूको विश्वास कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
पुनर्बीमा व्यवस्थापनको सुदृढता
कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पुनर्बीमा सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, व्यक्तिगत जीवन बीमा र समूह जीवन बीमा पोलिसीहरूको ८ प्रतिशत बीमा रकम पुनर्बीमामा स्थानान्तरण गरिएको छ । पुनर्बीमा व्यवस्थापनको बलियो संरचनाले कम्पनीलाई वित्तीय दायित्व पूरा गर्न र ग्राहकलाई समयमै सेवा दिन सक्षम बनाएको छ ।
कम्पनीले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि डिजिटल उपकरणहरूको प्रयोग र आधुनिक प्रविधि अपनाएको छ । कम्पनीले बीमा क्षेत्रको सम्भावित जोखिम व्यवस्थापन गर्न र दिगो विकासतर्फ अग्रसर रहन दीर्घकालीन योजनाहरू तय गरेको छ ।