तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश घोषणा
२० मंसिर २०८१, बिहीबार १०:५५
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।
होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। साथै लाभांश पारितका लागि पुस २५ गते वार्षिक साधारणसभा बस्ने कम्पनी सचिव गीता दाहालले जानकारी दिएकी छिन्।