व्यूटीपार्लरसँगै बीमा व्यवसायमा जमेकी सिटिजन लाइफकी कमला अधिकारीको सफलता (भिडियोसहित)

राजन कठायत
१९ मंसिर २०८१, बुधबार १६:३२

काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफ इन्स्योरेन्सकी कमला अधिकारी ।

मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञान र आफ्नो व्यूटीपार्लर व्यवसायको उपयोगबाटै कमला अधिकारीले सिटिजन लाइफमा आबद्ध भएको छोटो समयै लोभलाग्दो प्रगति गर्न सफल भएकी छिन् ।

काठमाडौंको बानियाटारमा आफ्नै कायरा ब्यूटी केयर एण्ड ट्रेनिङ वल्ड नामक व्यूटी पार्लर सञ्चालन गर्दै आएकी अधिकारीलाई घर परिवारको राम्रो साथ रहेको छ । ‘परिवारको साथ, सहयोगका कारण मैले व्यूटीपार्लर र बीमा व्यवसायमा पनि प्रगती गर्न सफल भएकी छु।’

(सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर कमला अधिकारीसँगको संवाद)

 

बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले कमलालाई निकै ठूलो सहयोग गरेको छ ।

लमजुङ जिल्लाको मस्र्याङदी बहुमुखी क्याम्पसबाट २०६० सालमा स्नातक उत्तिर्ण गरेकी कमला अहिले सिटिजन लाइफ इन्स्योरेन्सको टोखा शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छिन् ।

सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेकी अधिकारी अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित भएकी छिन् ।

अधिकारी आफ्नो जन्मस्थान लमजुङ छोडेर काठमाडौँलाई कर्मथलो बनाएकी एक सक्षम आमा पनि हुन् । परिवारको जिम्मेवारीलाई समेत काधमा राखेर हिडेर एक सफल, इमान्दार, निडर र क्षमतावान व्यवसायी हुन् ।

२०७८ सालको जेठ महिनादेखि आधिकारीक रुपमा सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा व्यवसायको सुरुवात गरेको सुनाउछिन् उनी । ‘बीमा बजारमा अभिकर्ता र कम्पनीबीच थुप्रै प्रतिस्पर्धा रहेको छ । मलाई विस्तारै कम्पनीका विभिन्न तालिमहरुमा सहभागी हुदै गएपछि व्यवसायमा झन मन लाग्दै गएको छ।’

अभिकर्ता पेशामा एउटा लक्ष्य निर्धारण गर्न आवश्यक छ । उनले कम्पनीले दिएका विभिन्न टार्गेटहरु पुरा गर्दै आएकीछिन् । ‘आजभोलि अभिकर्ताहरुले पहिलेको जस्तो झोला बोकेर बीमा गर्नुपर्ने अवस्था छैन् । विभिन्न सामाजिक सञ्जालका माध्यमबाट सल्लाह गरेर पनि बीमा गराउन सकिन्छ।’

बजारमा बीमाबारे विस्तारै नकारात्मक धारणालाई सकारात्मक सोचमा समेत परिणत गरेर बीमा गराउने गरेको उनले बताइन् । ‘मानिसहरुलाई एकैबोलीमा बीमा गराउन अलिक गारो नै हुन्छ । तर उनीहरुलाई राम्रोसँग बुझाउन सक्यौ र आर्थिक रुपमा समझदारी गरेको अवस्थामा असम्भव भन्ने केही छैन्।’

बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले कमलाले लगातार कम्पनीका विभिन्न क्लवहरुमा सहजै छनौट भएकी छिन् । लगातार तीन पटकसम्म अभिकर्ताहरुको अन्तराष्ट्रिय प्लेटफर्म (एमडीआरटी) बनेकी कमलाको प्रगती देखेर उनीसँग आवद्ध भएका मानिसहरु सल्लाह तथा सुझाव लिन आउने गरेका छन् । यस कुराले बीमा गराउन उनीलाई झन उत्साह मिलेको छ ।

व्यूटी पार्लर र बीमा व्यवसायलाई नै प्रमुख पेशाका रुपमा रोजेकी कमलाको सिटिजन लाइफको ‘सिटिजन स्टार’ बन्दै सीओटी–टीओटी बन्ने लक्ष्य रहेको छ । जसको लागि उनी निरन्तर रुपमा आफ्नो यात्रा चालिरहेकी छिन् ।

उनी भन्छिन् ‘मैले बीमाबारे धेरै अध्ययन गरे । अनि मानिसहरुसँग उनीहरुलाई सहज हुने समयमा भेटघाट गदर्थे । पहिला उनीहरुका सबै कुरा सुने पश्चात मात्र मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’

सुरुमा आफ्नो परिवारको बीमा गर्न अभिकर्ता पेशामा आवद्ध भएकी उनी कम्पनीका विभिन्न क्लवहरुमा समावेश हुदै सम्मान पाउँदा एकदमै हर्षित हुदैं बीमा व्यवसायमा अगाडी बढेको बताइन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा दिएकी छिन् । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।

छोटो अवधिमा नै बीमा व्यवसाय र व्यूटीपार्लर आफ्नो भविष्य सुरक्षित बनाएकी कमलाले कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उपयुक्त बीमा पोलिसी बिक्री गर्दै आएकी छिन् । उनको यस कार्यले आम नागरिकको जीवन रक्षावरण भएको हुदाँ खुशी छिन् ।

अन्तमा कमलाले आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमा क्षेत्रको दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएकीछिन् । आफुलाई विश्वास गरेर बीमा गरिदिने सयौ बीतिम, आफ्नो घरपरिवार र सिटिजन लाइफको समग्र टोलीलाई धन्यवाद व्यक्त गरेकीछिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*