एकैदिन नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

१९ मंसिर २०८१, बुधबार १५:४३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकै दिन चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपी पावर र सीएचडीसी बोनस शेयर सूचीकृत भएको हो ।

बुधबार एभरेष्ट बैंकको १० प्रतिशत बोनस बापतको १ करोड १७ लाख ६७ हजार ९ सय ३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनस बापतको २२ लाख ९६ हजार ८ सय १५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

त्यस्तै, अपी पावरको ५ प्रतिशत बोनस बापत २८ लाख ९३ हजार २ सय ९८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सीएचडीसीको ११ प्रतिशत बोनस बापतको १० लाख २४ हजार ९ सय १९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

यी चार कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*