बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनले कति कमाए ?
१९ मंसिर २०८१, बुधबार १५:१४
काठमाडौँ । दुई दिन उकालो लागेको बजार आज भने घट्न पुगेको छ । लगानीकर्ता शेयर बिक्री तिर हाबि हुँदा बजारमा दोहोरो अकंको गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अकंले घटेर २७५०.८७ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर र जोशि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
साथै, रिभर फल्सको ९.९० प्रतिशत, इन्ग्वा हाइड्रोपावरको ९.७२ प्रतिशत र स्वाभिमान लघुवित्तको ९.४१ प्रतिशतले शेयर मूल्य बढेको छ ।