तीनवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२० मंसिर २०८१, बिहीबार ०६:२०

काठमाडौं । आज मंसिर २० गते विभिन्न चारवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार गरी कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सूर्यज्योति लाइफले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्ताव पारित गर्नका लागि पुस ६ गते शनिबार विराटनगरस्थित बिग होटलमा बिहान १० बजे सभा बस्दैछ।

यता एनआरएन इन्फ्रान्सट्रक्चरले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि पुस १२ गते काठमाडौंको थिरबम सडकस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे सभा बस्दैछ।

त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर समेत) विरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारितका लागि कम्पनीले पुस ११ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे सभा बस्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*