हवाई इन्धन महँगिएसँगै आन्तरिक हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति ?

१९ मंसिर २०८१, बुधबार ११:४५

काठमाडौं । आन्तरिक हवाई यात्राका लागि भाडा महँगो भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले बुधबारदेखि लागू हुने गरी नयाँ हवाई भाडा दर निर्धारण गरेको हो।

हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि भएपछि प्राधिकरणले आन्तरिक हवाई भाडा बढाएको हो। नयाँ दरअनुसार काठमाडौं–धनगढी रुटको भाडा ९० रुपैयाँले बढेर यात्रा महँगो बनेको छ।

यस्तै, पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले, विराटनगर–भैरहवा ८० रुपैयाँले, काठमाडौं–सिमरा १५ रुपैयाँले, काठमाडौं–विराटनगर ५० रुपैयाँले, काठमाडौं–पोखरा ३० रुपैयाँले र काठमाडौं–भैरहवा ४० रुपैयाँले वृद्धि भएको छ।

हवाई इन्धनको मूल्य वृद्धिले यात्रुको आर्थिक भार थपिए पनि इन्धन लागत घटाउन नसकेका कारण भाडा समायोजन गर्नु परेको क्यानले जनाएको छ। यात्रुलाई भाडा वृद्धिको असर महसुस हुने भए पनि इन्धनको अन्तर्राष्ट्रिय मूल्य र व्यवसायिक खर्च व्यवस्थापनको बाध्यता रहेको एयरलाइन्स कम्पनीहरूले बताउँदै आएका छन्।

fuel-surcharge

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*