श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश घोषणा
१९ मंसिर २०८१, बुधबार १०:३१
काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १.८६५९ प्रतिशत बोनस शेयर र ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।