नेपाल एसबिआई बैंकको लाभांश घोषणा

१९ मंसिर २०८१, बुधबार १०:०६

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*