प्राइम कमर्सियल बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आज मंसिर १९ गते बुधबार बस्दैछ। सभा काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि शुरू हुनेछ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत कर सहित नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक गृहकार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको भत्ता तथा सुविधा थप गर्ने लगायतका विशेष प्रस्ताव पनि समावेश छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसका आधारमा मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न सक्नेछन्।