अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३३औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ। मंसिर १८ गते आयोजित यो कार्यक्रम बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सम्पन्न भएको हो।
अपाङ्गता भएका व्यक्तिहरूको बैंकिङ्ग सेवा सहज बनाउन बैंकले दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखाको रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत, अपाङ्गता भएका ग्राहकलाई सेवा दिन एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनका रूपमा खटाइएको छ।
संयुक्त राष्ट्रसंघ र नेपाल सरकारले यस वर्षका लागि तय गरेको नारालाई आत्मसात गर्दै बैंकले अपाङ्गता संरक्षण नेपालसँग सहकार्यमा शारीरिक अपाङ्गता भएका र दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडीजस्ता सामग्री वितरण गरेको छ। बैंकले यस पहलले अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउन र दिगो भविष्य निर्माणमा योगदान दिने विश्वास लिएको छ।
समाजप्रति आफ्नो उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बैंकले डिजिटल सेवा सुधारमा पनि ध्यान केन्द्रित गरेको छ। हालै बैंकले आफ्ना ग्राहकलाई सुरक्षित, सहज, र अत्याधुनिक सुविधा उपलब्ध गराउन मोबाइल एप्लिकेसन ूमहालक्ष्मी स्मार्ट साथीू सञ्चालनमा ल्याएको छ।
बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।