अम्बे स्टील्सको दोस्रो वार्षिक साधारण सभा पुस ८ गते, के–के छन् एजेण्डा ?
१८ मंसिर २०८१, मंगलवार १२:०९
काठमाडौँ । अम्बे स्टील्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुनेगरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुको साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनी सचिव नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।