नेपाल र चीनबीच विभिन्न आठ सहमतिपत्रमा हस्ताक्षर

१८ मंसिर २०८१, मंगलवार ११:२५

काठमाडौँ। नेपाल र चीनबीच दुई देशका प्रधानमन्त्रीहरूको दुईपक्षीय वार्तापछि आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ। यी सहमतिहरूले दुई मुलुकबीचको रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलि र चीनका प्रधानमन्त्रीबीच सोमबार भएको उच्चस्तरीय वार्तापछि हस्ताक्षर समारोह आयोजना गरिएको थियो।

दुई पक्षले टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, काठमाडौं–हेटौंडा पोडवे, जिलोङ–केरुङकाठमाडौं क्रसबोर्डर रेल्वे, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी क्रसबोर्डर प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति गर्ने लगायतका विषयमा समझदारी गर्ने तयारी गरेका हुन् । समझदारी पत्रमा हस्ताक्षर हुनुअघि ओली र छ्याङबीच वार्ता भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*