एफपीओ जारी गर्न महुली लघवित्तलाई बोर्डको अनुमति

१८ मंसिर २०८१, मंगलवार १०:२४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्कासनका लागि अनुमति पाएको हो।

यसका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकत्वको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*