कालीमाटीमा तरकारीको भाउः काउली ७०, इस्कुस १५ रुपैयाँ किलो

१८ मंसिर २०८१, मंगलवार ०८:२८

काठमाडौं । कालीमाटी तरकारी बजारमा मंगलरबाका लागि फलफूल र तरकारीको मूल्य निर्धारण भएको छ। जसअनुसार आज इस्कुस सबैभन्दा सस्तो मूल्य १५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको दररेट अनुसार यस दिन सानो लोकल गोलभेडा ८० रुपैयौ, स्थानीय काउली ७० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र हरियो फर्सी ५० रुपैयाँ किलो न्यूनतम मूल्य निर्धारण भएको छ।

त्यसैगरी कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, तोरीको साग र पाकेको फर्सी ३० रुपैयाँ, लौका ६० रुपैयाँ, तीते करेला १०० रुपैयाँ र तने बोडी ९० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*