निर्धन उत्थान लघुवित्तमा डीसीईओ माग
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का लागि आवेदन खुलाएको छ। कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो।
यसका लागि न्यूनतम शैक्षिक योग्यता अर्थशास्त्र, वाणिज्य वा तथ्याङ्क विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि प्राप्त गरेको वा स्नातक तह उत्तीर्ण साथै चार्टर्ड एकाउन्टेन्ट (सीए) उत्तीर्ण गरेको र ५० वर्ष उमेर ननाघेको हुनु पर्नेछ।
आवश्यक अनुभवतर्फ बैंक तथा वित्तीय संस्थाको अधिकृत श्रेणीमा कम्तीमा ५ वर्ष केन्द्रीय कार्यालयमा काम गरेको वा लघुवित्तको व्यवस्थापकीय श्रेणीमा विभागीय प्रमुखको रूपमा कम्तीमा ७ वर्ष काम गरेको वा स्नातक तह र सीए उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्ष का गरेको हुनु पर्ने कम्पनीले जनाएको छ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय नक्साल वा इमेलमार्फत १५ दिनभित्र आवेदन दिनु पर्नेछ।