सिवाईसी नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, प्रतिकित्ता मूल्य ८६४ रुपैयाँ
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापम समूहको थप १८ हजार ३६० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
हालै कम्पनीले ८८ हजार १८३ कित्ता शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेको थियो। यससँगै अब सर्वसाधारणले समेत किन्न पाउने गरी थप शेयर बिक्रीमा राखेको हो।
यो शेयरको बिक्री मूल्य पनि प्रतिकित्ता न्यूनतम ८६४ रुपैयाँ तोकेको छ। कम्पनीले संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेको शेयरको मूल्य पनि यही नै तोकेको थियो।
यसमा खरिदकर्ताले घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको लागि मूल्य समेत खुलाई पुस १ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।
बोलपत्र शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंक्गि लिमिटेड, टेकु, काठमाडौंमा बुझाउनु पर्नेछ।