मंसिर २७ देखि हकप्रद निष्कासन गर्दै बलेफी हाईड्रोपावर

१८ मंसिर २०८१, मंगलवार ०७:३२

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले मंगलबार हकपद शेयर निष्कासन गर्ने मिति तय गरेको हो। यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति भने कम्पनीले यसअघि नै तय गरेको थियो।

उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरिद गर्न सक्नेछन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो। शेयरधनीहरूले यो हकप्रद शेयर खरिदका लागि पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। बिक्री प्रबन्धकसँगै कुमारी बैंक लिमिटेडको जलबिरे र जुगल शाखा सिन्धुपाल्चोकबाट आवेदन दिन सक्ने व्यवस्था छ। साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*