नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको अध्यक्षमा विकास आनन्द नियुक्त

१७ मंसिर २०८१, सोमबार १८:१८

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रुपमा नियुक्ति÷मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरिएको छ । सोही बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ ।

विकास आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख संचालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय संचालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानून लगायतका मामिलामा काम गरी रहेका थिए ।

विकास आनन्द सञ्चालको रुपमा नियुक्त भएपश्चात विकास आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका थिए । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालकहरु राजेश कुमार पांडा, छपि राज पन्त, स्वतन्त्र सञ्चालक नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*