महिला आयोगको प्रतिवेदन सच्चाउन राष्ट्र बैंक डेपुटी गभर्नर मिश्र र पूर्वकार्यकारी ढकालको दबाब
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र तत्कालिन कार्यकारी निर्देशक देवकुमार ढकाल राष्ट्रिय महिला आयोगमा दबाब दिन पुग्ने गरेको पाईएको छ।
छानबिनको निष्कर्ष सार्वजनिक भए लगत्तै मिश्र र ढकालको आयोग दौडाहा शुरू भएको छ । त्यसक्रममा उनीहरूले आयोगका सचिव र अरू कर्मचारीलाई समेत प्रतिवेदन सच्याउन दबाब दिन थालेको स्रोतले जनाएको छ। यतिबेला आयोगको प्रतिवेदन सच्चाउने दौडधुपमा देखिन्छन् ।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले आफूहरू महिला सहकर्मीमाथि भएको हिंसामा संलग्न नरहेको भन्दै आरोपबाट सफाइ दिन महिला आयोगलाई दबाब दिन आयोगका विभिन्न तहका कर्मचारीहरुसँग पनि दबाब दिन थालेका छन् भने आयोगकी अध्यक्ष पराजुलीलाई पनि बारम्बार दबाब दिन थालेका छन् । तर यतिबेला अध्यक्ष पराजुलीले डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल दुबैलाई भेट्न इन्कार गर्दै आईरहेकी छिन् ।
राष्ट्र बैंकका एक महिला कर्मचारीमाथि दुर्व्यवहार र हिंसा भएको घटना छानबिन गरेको राष्ट्रिय महिला आयोगले बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल हिंसामा संलग्न रहेको निष्कर्ष निकालेको खबर सार्वजनिक भएसँगै यतिबेला राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र तत्कालिन कार्यकारी निर्देशक देवकुमार ढकाल राष्ट्रिय महिला आयोगमा दबाब दिन थालेका हुन् ।
मंसिर १३ गते राष्ट्रिय महिला आयोगमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र तत्कालिन कार्यकारी निर्देशक देवकुमार ढकाल आयोग पुगेका थिए ।डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाल आयोगमा करिब साढे १ घण्टा बसेको आयोग स्रोतको भनाई छ । तत्कालिन कार्यकारी निर्देशक मंसिर ६ गतेदेखि अनिवार्य अवकाश पाईसकेका छन् ।सो पश्चात् पनि आयोगका सचिव र कर्मचारीहरुलाई भेट्ने क्रम भने जारी रहेको बुझिएको छ।
नेपाल राष्ट्र बैकका उच्च कर्मचारीको दम्भ देखाँउदै आयोग अध्यक्ष कमला पराजुलीले नभेट्न नखोज्दा पनि अनुमतिबिनै कार्यकक्षमा पसेर अन्याय भयो भन्दै प्रतिवेदन सच्याउन आग्रह गरेका थिए । पराजुलीले आयोगको छानबिन टोलीले तथ्यपरक ढंगले प्रतिवेदन तयार पारेको र त्यसलाई सच्याउन वा खण्डन गर्न नमिल्ने जवाफ मिश्रलाई दिएकि थिईन् ।