नेप्से २० अकंले बढ्योः कारोबार देखियो रौनक, लम्किएला त उचाई तिर ?
काठमाडौँ । शेयर बजारमा आज दिनभर उतारचढाव देखियो । यसदिन बजारमा दोहोरो अंकको सुधार देखिएको हो । बजारमा घटबढ भए पनि कारोबार रकममा वृद्धि भएको छ ।
बजार सुधारका लागि सरकार तथा नियामक निकायहरूको प्रतिबद्धता महत्वपूर्ण हुने विशेषज्ञहरूको भनाइ छ। साथै, सूचीकृत कम्पनीहरूले मुनाफा वृद्धि गर्दै लाभांश वितरण क्षमता सुधार्नुपर्ने आवश्यकता औँल्याइएको छ। विशेषगरी, छोटो अवधिमा लाभांश पाउन चाहने लगानीकर्ताका लागि हालको समय उपयुक्त देखिएको जानकारहरू बताउँछन्। ।
सबल वित्तीय सूचक भएका र नियमित रूपमा लाभांश दिने कम्पनीहरूमा लगानी गर्न सकिने सुझाव विज्ञहरूले दिएका छन्। आर्थिक सुधारका संकेत र घट्दो ब्याजदरका कारण बजारमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९७ अकंले घटेर २७५८.०४ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ९ उपसूचकमा हरियाली देखिएको छ । सोमबार होटल तथा पर्यटन समूहको ४.९९ प्रतिशत, हाइड्रोपावर समूहको ०.(६२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ ।