बीमा प्राधिकरणले मंसिर २१ गतेसम्म अभिकर्ताको परीक्षा सञ्चालन गर्ने (सूचनासहित)
१७ मंसिर २०८१, सोमबार १३:२२
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले यही मंसिर १६ गतेदेखि २१ गतेसम्म जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा बिहान ११ बजेदेखि २ः३० बजेसम्म सञ्चालन हुने भएको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७८९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।
जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।