वैदेशिक रोजगार बीमा : सन नेपाल र एशियन लाइफ अग्रस्थानमा, नेपाल र नेशनलबीच तीव्र प्रतिस्प्रर्धा

१७ मंसिर २०८१, सोमबार १२:२०

काठमाडौँ । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमाको दायर बढ्दै गएको छ । देशमा रोजगारी सिर्जना नभएपछि कामको शिलशिलामा विदेश जाने नागरिक बढ्दा म्यादी बीमाको दायरा बढ्न लागेको हो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा बैदेशिक रोजागर बीमालेखबाट एक अर्ब पाँच करोड ६७ लाख रुपैयाको कुल बीमा शुल्क आर्जन भएको छ । सञ्चालनमा रहेका ११ जीवन बीमा र तीन लघु जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिमा उक्त व्यवसाय गर्न सफल भएका हुन् ।

यस अवधिमा बैदेशिक रोजगार बीमालेखबाट संकलित बीमा शुल्क आर्जनको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो, एशियन लाइफ दोस्रो र नेपाल लाइफ तेस्रो स्थानमा रहेको छ ।

चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले सात लाख ६८ हजार वटा बीमा पोलिसी जारी गरेको छ । उक्त अवधिमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बैदेशिक रोजगार बीमालेखमा सन नेपाल लाइफ सधै अगाडि रहदै आएको छ । बैदेशिक रोजगारमा विभिन्न मुलुक जाने नागरिकहरुको रक्षावरणमा सन नेपाल लाइफले ठूलो भुमिका निर्वाह गरेको पाइन्छ

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणमा आधारित

दोस्रो नम्बरमा रहेको एशियन लाइफले म्यादी बीमालेख आर्जनबाट २० करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चार महिनाको अवधिमा एक लाख २६ हजार बीमालेख बिक्री गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले ८ करोड ९६ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा पाँच लाख ३२ हजार बीमालेख बिक्री गरेको छ । नेपाली बीमा क्षेत्रमा नेपाल लाइफ सबैभन्दा बढी बीमित भएको कम्पनी हो ।

समीक्षा अवधिमा म्यादि बीमालेखबाट नेशनल लाइफले पनि आठ करोड ३२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले पाँच करोड ३४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले पाँच करोड १७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले चार करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, आइएमई लाइफले तीन करोड ६८ लाख रुपैयाँ, सिटिजन लाइफले दुई करोड ९४ लाख रुपैयाँ, र प्रभु महालक्ष्मी लाइफले १२ लाख ८१ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

लघु जीवन बीमा कम्पनीहरुले पनि म्यादि बीमा व्यवसाय गरेका छन् । यस अवधिमा लिवर्टी माइक्रो लाइफले चार लाख ९४ हजार रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले एक लाख ८६ हजार रुपैयाँले र गार्डियन माइक्रो लाइफले एक लाख दुई हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*