यस्तो छ हाथवे इन्भेष्टमेण्ट नेपालको १६औं वार्षिक साधारणसभाको माइन्युट

१७ मंसिर २०८१, सोमबार १०:५७

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा कात्तिक २५ गते सम्पन्न भएको छ । सभा काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गरेको छ ।

यसको अलवा गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समतिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू सभाबाट पारित भएका हुन् ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुक क्लोज गरेको थियो ।

1733115664465

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*