सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि १ः१२५ अनुपातमा हकप्रद जारी गर्ने

१७ मंसिर २०८१, सोमबार ०८:४२

काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले पुस ४ गतेदेखि १ः१२५ अनुपात अर्थात् विद्यमान १ कित्ता शेयर बराबर नयाँ १.१२५ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक शेयरधनीहरुका लागि जारी गर्न लागेको हो।

यो हकप्रद शेयरमा माघ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यसका लागि बु्टवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*