जीवन बीमा कम्पनीहरुको व्यवासाय ८ प्रतिशतले बढ्यो, वृद्धिदरमा रिलायबल, सिटिजन, नेशनल अगाडि

१६ मंसिर २०८१, आईतवार १७:४५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत बर्षको तुलनामा ८ प्रतिशतले आफनो व्यवसाय वृद्धि गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा आफनो व्यवसायको ८ प्रतिशत वृद्धि गर्न सफल भएका हुन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय बाहेक सबै कम्पनीको व्यवसायमा सुधार भएको प्राधिकरणको तथ्यांकले देखाएको छ।

जीवन बीममकहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ५३ अर्ब ३९ करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

गत बर्षको सोहि अवधिमा कम्पनीले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको थियो । यस अवधिमा रिलायबल नेपाल लाइफ व्यवसाय वृद्धिदरमा अग्रस्थानमा रहेको छ। कम्पनीले गत बर्षको तुलनामा २८ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको छ।

दोस्रोमा सिटिजन लाइफ रहेको छ। कमपनीले गत बर्षको तुलनामा २२ प्रतिशतले आफनो व्यवसाय विस्तार गर्न सफल भएको छ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले गत बर्षको तुलनामा २१ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको छ।

चौथौमा प्रभु महालक्ष्मी लाइफ रहेको छ। कम्पनीले गत बर्षको तुलनामा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

पाँचौमा आइएमइ लाइफ रहेको छ । कम्पनीले गत बर्षको तुलनामा १७। ८२ प्रतिशतले आफनो व्यवसाय विस्तार गर्न सफल भएको छ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*