जीवन बीमकको नयाँ व्यवसायमा १८% को बृद्धि, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा प्रभु महालक्ष्मी–सिटिजन र हिमालयनअघि

१६ मंसिर २०८१, आईतवार १७:४९

काठमाडौँ । हाल सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुको कात्तिक महिनामा दुई अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा उक्त व्यवसाय गर्न सफल भएका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको नयाँ व्यवसाय १८.४३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको यस अवधिमा एक अर्ब ९० करोड ४० लाख रुपैयाँको नयाँ व्यवसाय गरेका थिए ।

कात्तिक महिनाको प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स अग्र्रस्थानमा रहेको छ भने गत आवको तुलनामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको यस्तो आम्दानी सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक महिनामा ६४ करोड ३८ लाख रुपैयाँको नयाँ व्यवसाय गरेको छ । गत आवको तुलनामा कम्पनीको नयाँ व्यवसाय २३ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको नेशनल लाइफको नयाँ व्यवसा गत आवको तुलनामा ३.६९ प्रतिशतले बढेर ३६ करोड ४२ लाख रुपैयाँ र तेस्रो स्थानमो एलआइसी नेपालको नयाँ व्यवसाय ३१.५१ प्रतिशतले बढेर २२ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

साथ, यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको १४ करोड ४७ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १३ करोड २२ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड २२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको १० करोड ९० लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योेरेन्सको १० करोड  ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

समग्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय सबैभन्दा बढी अंकले बृद्धि भएको छ । कम्पनीको व्यवसाय ५६ प्रतिशतले बढेको छ ।
त्यस्तै, सिटिजन लाइफको ५२ प्रतिशत, हिमालयन लाइफको ४८ प्रतिशत, रिलायबल नेपाल लाइफको ४५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३३ प्रतिशतले सर्वाधिक नयाँ व्यवसाय बृद्धि भएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यवसाय पनि ५३ अंकले घटेर पाँच करोड ८० लाख रुपैयाँबाट दुई करोड ६९ लाख रुपैयाँमा सीमित बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*