एनपीएलः उत्कृष्ट क्याच गरेका अनिललाई ‘एसपीआइएल सेक्युअर्ड क्याच अफ द म्याच’ बाट पुरस्कृत
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपालकै सबैभन्दा चर्चित र ठूलो क्रिकेट लिग ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)’ सँग सहकार्य गरेको छ ।
कम्पनीले नेपाली क्रिकेट र खेलाडीहरुलाई हौसला प्रदान गरी आर्थिक र व्यवसायीक रुपले बलियो बनाउँने उद्देश्यले प्रत्यक खेलमा उत्कृष्ट क्याच गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय कार्यन्वयन गरिरहेको छ ।
सोही क्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले मंसिर १५ गते सम्पन्न भएको विराटनगर किङ्स र जनकपुर बोल्टस्बीचको खेलमा उत्कृष्ट क्याच गर्ने खेलाडी अनिल कुमार साहलाई २५ हजार रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरेको हो ।
शनीवार सम्पन्न भएको उक्त खेलमा जनकपुर बोल्टस्का कप्तान अनिल शाहले उत्कृष्ट क्याच गर्दै ‘एसपीआइएल सेक्युअर्ड क्याच अफ द म्याच’ बन्न सफल भएका थिए । उनले बिराटनगर किङ्सका खेलाडीहरुले हानेका दुई उत्कृष्ट क्याच गर्दै मध्यमस्तरीय लक्ष्य पाएका बनाएका थिए ।
खेल सम्पन्न भएपछि शनीबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवारले २५ हजार रुपैयाँ बराबरको रकमसहित चेक हस्तान्तरण गरेका हुन् । साथै कम्पनीले सामाजिक सञ्जाल मार्फत बीमाबारे विभिन्न प्रश्नहरु गरी सही उत्तर दिने नागरिकलाई प्रत्येक दिन खेल हेर्न टिकट समेत उपलब्ध गरिरहेको छ ।