पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट
१६ मंसिर २०८१, आईतवार १५:०६
काठमाडौँ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आइतबार पाँच कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बिशाल बजार, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।