घट्यो पुँजी बजारः विकास बैंक र ट्रेडिंगमा चमक आउँदा करिब ९ अर्बको कारोबार, अबको यात्रा कता ?
काठमाडौँ । शेयर बजार ओरालो लगेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा बजार एकल अकंले ओरालो लागेको हो ।
आजदिन भर बजारमा उतार चडाब देखिएको छ । बजारमा निकै घटबढ चलि रहँदा पटक–पटक टिएमएसले समेत लगानीकर्तालाई दुःख देखिएको छ । टिएमएसमा आएको समस्याले लगानीकर्ता शेयर खरिद बिक्री गर्नेबाट बन्चित भएको देखिएको हो ।
लगानीकर्ताले यो समीक्षाबाट विशेषगरी शेयर धितो कर्जामा लगाइएको क्याप हटाउने, जोखिम भार १०० प्रतिशतमा झार्ने, र माइक्रो फाइनान्सको लाभांश वितरणमा लगाइएको सीमा खुकुलो पार्ने अपेक्षा गरेका थिए । तर, समीक्षा कुनै नयाँ नीतिगत सुधार बिना नै सार्वजनिक हुँदा लगानीकर्ता निराश बनेका हुन् ।
आज लगानीकर्ता शेयर बिक्री तिर हाबि भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अकंले घटेर २७३८.०६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको १ करोड ६७ लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ ।
बजार ओरालो लागेपनि तीन उपसूचकमा रौनक देखिएको छ । आज विकास बैंक समूहको ४.५२ प्रतिशत, होटल तथा पर्यटन समूहकोख ०.३० प्रतिशत र व्यापार समूहको ९.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।