मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाई नियुक्त
१६ मंसिर २०८१, आईतवार १४:३२
काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा अनन्त चापागाईलाई नियुक्त गरेको छ । बैंकले चापागाईलाई माघ १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
बैंक सञ्चालक समितिको मंसिर १५ गते दिनको १ः३० बजे बसेको २५०औं बैठकले चापागाईलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । वित्तीय क्षेत्रको राम्रो अनुभव तथा ज्ञान भएका व्यक्ति हुन् चापागाई ।