युनिक नेपाल लघुवित्तले बोलायो साधारणसभा

१६ मंसिर २०८१, आईतवार १२:३७

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस १० गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले बाँकेको कोहलपुर नगरपालिका ४ स्थित होटल सेन्ट्रल प्लाजामा सभा बोलाएको हो।

कम्पनीको सोही दिन बसेको सञ्चालक समितिको बैठकले गत गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस १ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*