सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शतप्रतिशत छुट
१६ मंसिर २०८१, आईतवार १२:२१
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको छ ।
कम्पनीले आइतबार एक सूचना जारी गर्दै यही मंसिर १६ गतेदेखि २८ गतेसम्मको अवधिमा व्यतीत बीमालेखहरु नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।
कम्पनीका अनुसार बीमालेख अवधिभित्र १ पटकमात्र बिलम्ब शुल्कमा छुटको मौका लिन सकिनेछ ।