साढे ५ प्रतिशतसम्म आइपुग्यो बैंकहरुको बेस रेट, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?

काठमाडौँ । पछिल्लो समय बैंकहरुको आधार दर अर्थात् बेस रेट निरन्तर ओरालो लागि रहेको छ । हाल संचालनमा रहेको २० वाणिज्य बैंकहरुको बेस रेट साढे ५ प्रतिशत बिन्दुमा पुगेको हो । बैंकहरुले प्रकाशन गरेको मंसिर महिनाकाको ब्याजदर अनुसार औसत आधार दर घटेर ७.२४ प्रतिशत कायम भएको छ । यसअवधिमा बैंकहरुको औसत आधार दर ०.२० प्रतिशतले घट्न पुगेको छ । गत वर्ष कात्तिकमा बैंकहरुको औसत आधार दर ७.४४ प्रतिशत रहेको थियो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले तरलता अधिक भए पनि आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून छ । यसले बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउन र आधार दर घटाउन प्रेरित गरेको छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । आधार दरलाई ध्यानमा राख्दै सस्तो ब्याजदरमा ऋण लिन चाहने ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकजस्ता बैंकहरूलाई प्राथमिकता दिन सक्ने देखिएको छ । यद्यपि, ग्राहकहरूले कर्जाको प्रकृति, बैंकको सेवा स्तर, र अन्य शुल्कहरू समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ । कुन बैंकबाट ऋण लिँदा सस्तो ? मंसिर महिनाको आधार दरका आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋण प्रदान गर्ने देखिन्छ । हाल बैंकको आधार दर ५.५३ प्रतिशत छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर … Continue reading साढे ५ प्रतिशतसम्म आइपुग्यो बैंकहरुको बेस रेट, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?