पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
३ पुष २०८१, बुधबार ११:४४
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
बैठकले १ः१ अनुपात अर्थात ९६ करोड २५ लाख रुपैयाँको १०० अंकित रुपैयाँ दरका ९६ लाख २५ हजार कित्ता हकप्रद जारी गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले हकप्रद निष्कासनको प्रस्ताव आगामी विशेष साधारण सभा र वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय समेत गरेको छ । कम्पनीले क्षतिग्रस्त आयोजना पुनःनिर्माणका लागि हकप्रद जारी गर्ने जनाएको छ ।