नेशनल लाइफको लुम्बिनी प्रदेशस्तरीय ‘सीईओ क्लब मेम्बर सम्मान’ कार्यक्रम भव्य रुपमा सम्पन्न, ४ सय जना अभिकर्ता सम्मानित
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशस्तरीय ‘सीईओ क्लब मेम्बर सम्मान’, नेशनल रत्न अवार्ड तथा मिट द सीईओ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेश अन्तर्गतका ब्रान्चबाट बीमा कारोबार गरी सीईओ क्लवमा समावेश भएका तथा सम्बन्धित विधामा छनौट भएका ४ सय जनाबढी अभिकर्ताहरुलाई कम्पनीले सम्मान गरेको हो । उक्त कार्यक्रम मडिग्रामको ड्रीम ल्याण्ड होटलमा सम्पन्न भएका हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दैै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरेका छन् ।
साथै प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको छ । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका छन् ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको मिहिनेत र परीश्रमको सम्मान गर्दै सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गरेको बताए । उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरुले सबैभन्दा बढि रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी चेयरपर्सन क्लबमा पुराउने उदेश्यले सिइओ क्लबको धारणा ल्याएकोमा नेपालभर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।
समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले सिइओ क्लबमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका छन् ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री, एजेन्सी डिपार्ट हेड सुशिल प्रताप राणा, पोलिसी डिपार्ट हेड सुस्मिता राणा लगायत लुम्बिनी प्रदेशका ३ सयबढी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।