लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
१६ मंसिर २०८१, आईतवार १०:१०
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
जसमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यो लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।