निर्धन उत्थान र युनिक नेपालद्वारा लाभांश वितरण नगर्ने निर्णय
१६ मंसिर २०८१, आईतवार १०:३०
काठमाडौँ । निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवितले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।
युनिक नेपाल लघुवित्तको मंसिर १५ गते शनिवार निर्धन उत्थान लघुवित्तको मंसिर १४ गते अर्थात शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीहरुको उक्त निर्णयले सम्बन्धित संस्थाका लगानीकर्ताहरु रुष्ठ बनेका छन् ।